
साउदीमा उनलाई भव्य स्वागत गरिएको छ भने उनले साउदी अरवका राजा सल्मान र राजपरिवारका अन्य सदस्यलगायतलाई भेट गर्ने अपेक्षा गरिएको छ ।
गत वर्ष भएको राष्ट्रपतीय निर्वाचनमा रुसको संलग्नता रहेको भन्ने आरोपका बारेमा छानविन गर्न विशेष अनुसन्धानकर्ता नियुक्त गरिए लगत्तै उनी साउदी अरब भ्रमणमा निस्केका हुन् ।
रुसको हस्तक्षेप भएको भनिएको विषयमा छानविन गर्न संघीय जाँच विभागका पूर्वप्रमुख रोबर्ट मलरलाई विशेष अभियोजनकर्ताको रुपमा नियुक्त गरिएको छ । मलर सन् २००१ देखि २०१३ सम्म एफबीआइका प्रमुख थिए ।
ट्रम्पलाई साउदी अरवको रियादस्थित किङ खालिद अन्तराष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार विहान ९.५० मा रातो कर्पेटसहित स्वागत गरिएको थियो ।
ट्रम्पले आफ्नी श्रीमतीसहित राजा सल्मानलाई भेट गर्नेछन् । शनिबार (आज) बेलुका नै उनले दुई जना शक्तिशाली साउदी युवराजलाई पनि भेट गर्ने कार्यक्रम रहेको छ । उनले शिर्ष नेताहरुलाई भने आइतबार (भोलि) मात्रै भेट्ने जनाइएको छ ।
रियादको यो भ्रमणलाई इश्लामिक देशहरुसँगको अमेरिकाको सम्वन्ध सुधार्ने अवसरका रुपमा पनि लिइएको छ । रासस/सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्