
एमाले उम्मेदवार लोहनी ६३९ मत प्राप्त गरी वडाध्यक्ष पदमा निर्वाचित भएको सहायक निर्वाचन अधिकृत शङ्करराज पाठकले जानकारी दिए ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार धनबहादुर लामाले ६३८ मत प्राप्त गरेका थिए ।
एक मतको मात्र अन्तर भएपछि प्राप्त मतको प्रत्येक बुलेटिनको अङ्कलाई तीनपटकसम्म गणना गरे पनि सोहीअनुसारको नतिजा देखिएपछि परिणाम सार्वजनिक गरिएको छ ।
वडा सदस्य पदमा एमालेका उम्मेदवार सीता पाण्डे ६३७, दलित महिला सदस्य पदमा माओवादी केन्द्रका उम्मेदवार कालिकादेवी बर्देवा ५८०, खुला सदस्यमा माओवादी केन्द्रका उम्मेदवार विकास पाण्डे ६२५, एमालेका उम्मेदवार हरिकुमार गुरुवाचार्य ४९८ मत प्राप्त गरी निर्वाचित भएका छन् । रासस
प्रतिक्रिया दिनुहोस्