२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


हत्कडी सहित फरार दमाईलाई गोली हानेर पक्राउ


0
Shares

-बिराज रोस्यारा/ईमेज:

कैलाली । जिल्ला अदालत कैलालीको परिसरबाट हत्कडी सहित फरार भएका दिल्प दमाईलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई जगलमा भागिरहेको अबस्थामा गोली हानेर प्रहरीले पक्राउ गरेको छ ।

बलात्कारको अभियोगमा गत सोमबार पक्राउ परेका लम्कीचुहा नगरपालिकाका २३ वर्षका दमाईलाई म्याद थपका लागि जिल्ला अदालत ल्याइएको बेला हत्कडी सहित फरार भएका थिए ।

उनलाई धनगढी उपमहानगरपालिका ७ मा पर्ने बेली जंगलमा भागि रहेको अबस्थामा गोली हानेर प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता डिएसपी हरिबहादुर ओलीले जानकारी दिए ।

दमाईको खुट्टामा गोली लागेको र उपचारका लागि सेती अञ्चल अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।