
उक्त अमेरिकी पत्रिकाका अनुसार चीनमा अमेरिकी गुप्तचर सेवा सीआईएका जासुस सन् २०११ देखि गायब हुन सुरु भएका थिए ।
अमेरिकाका एक जना जासूसलाई उनकै सहकर्मी अगाडि गोली हानी मारेको बताइएको छ । यसबाट चीनमा अमेरिकी जासूसी कार्यक्रम नराम्रोसँग प्रभावित भएको थियो ।
तर सीआईएले भने यस विषयमा कुनै प्रतिक्रिया जनाएको छैन । अमेरिकी अधिकारीहरुले न्यूयोर्क टाइम्सलाई दिएको जानकारी अनुसार अमेरिकी सुरक्षामा पछिल्लो दशकमा सबैभन्दा खेलवाड भएको थियो ।
चीनले सीआईएको गोप्य सन्देश रहेको प्रणालीलाई ह्याक गरेको थियो या कुनै व्यक्तिले सन् २०१० मा चीनलाई गोप्य जानकारी दिएको विश्वास गरिएको छ ।
न्यूयोर्क टाइम्सले सीआर्ईएका चार जना पूर्व अधिकारीसँग कुरा गरी रिपोर्ट प्रकाशित गरेको जनाएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्