
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव तथा आयुक्त नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाह र आयोगका सचिव गोपीनाथ मैनालीसँग आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले धन्यवाद व्यक्त गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।
उक्त अवसरमा यही जेठ ३१ गतेको दोस्रो चरणको निर्वाचनका लागि आयोगले गरिरहेको तयारीका बारेमा प्रधानमन्त्री दाहाललाई जानकारी गराइएको थियो । भेटमा वैशाख ३१ गते पहिलो चरणमा सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षासमेत भएको थियो । डा. यादवले निर्वाचनलाई शान्तिपूर्ण र मर्यादित तवरले सञ्चालन गर्न सरकारबाट प्राप्त सहयोगप्रति आभार प्रकट गरेका थिए । (रासस)
प्रतिक्रिया दिनुहोस्