Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


स्रष्टा समाजको सिर्जनात्मक कार्यक्रम


0
Shares

अनौपचारिक रूपमा आयोजना गरिएको कार्यक्रममा नेपाल साहित्यिक पत्रकार सङ्घका अध्यक्ष नगेन्द्रराज शर्मा, नेपाल स्रष्टा समाजका सल्लाहकारहरू चन्द्रप्रसाद भट्टराई तथा नरेन्द्रबहादुर श्रेष्ठ, अध्यक्ष पवन आलोक, उपाध्यक्ष विधान आचार्य, महासचिव चेतनाथ कणेल हरित, कोषाध्यक्ष पुष्पा खनाल, कार्यसमिति सदस्य डा. गोविन्दमानसिंह कार्की र जानु धिताल, आजीवन विशिष्ट सदस्यहरू उषा भट्टराई, किशोर पहाडी, रेखा कँडेल, जीवनाथ पोखरेल, देविकानन्द तिमिल्सिना, देवकी केसी, रश्मी रिमाल, सीता कँडेल, विजयध्वज थापा, लेखजङ्ग खत्री, पत्रकार तथा साहित्यकार जयदेव भट्टराई, मधु पाठक तथा बाल सहभागी आश्वीन लम्साल र खुशी खुशी होटलका सञ्चालक राजेन्द्र उप्रेतीलगायतले आफ्ना रचना तथा विविध प्रस्तुतिहरू पस्किए ।

सो अवसरमा नेपाली समसामयिक साहित्यका विविध पक्षमा अन्तक्र्रिया गरिनुका साथै हास, परिहास, गीत एवम् नृत्य तथा सिर्जना सम्बन्धमा गम्भीर चिन्तनसमेत गरियो । संस्थाका अध्यक्ष पवन आलोकले उपस्थित सहभागीहरूलाई स्वागत गर्नुका साथै नेपाल स्रष्टा समाजका कार्यक्रम र गतिविधिहरूका विषयमा जानकारी गराएका थिए ।

साहित्यिक कार्यक्रमका अतिरिक्त धार्मिक स्थल मातातीर्थको दर्शन, पौडी तथा त्यहाँ वरपर रहेका प्राकृतिक र सांस्कृतिक क्षेत्रहरूको अवलोकन भ्रमणमा समेत साहित्यकारहरू रमाएका थिए ।

Skip This