१ जेष्ठ २०८२, बिहिबार | Fri May 16 2025


अफगानिस्तानमा विदेशी महिलाको हत्या, सुरक्षा गार्डको शीर छेदन


0
Shares

राजधानी काबुलस्थित गेष्ट हाउसमा प्रवेश गर्नु अघि ती व्यक्तिले गेष्ट हाउसका सुरक्षा गार्डको टाउको काटेको बताइएको छ । त्यसपछि सोही गेष्ट हाउसमा रहेकी फिनल्याण्डकी महिलाको अपहरण गरी हत्या गरेर अपराधी फरार भएको जनाइएको छ ।

उक्त गेष्ट हाउस स्वीडिस नागरिको स्वामित्वमा रहेको बताइएको छ । हत्याको जिम्मा कसैले लिएको छैन ।

अफगानिस्तान मै तालिवान बिद्रोहीले २० जना सुरक्षाकर्मीको हत्या गरेको त्यहाँका अधिकारीहरुले बताएका छन् । दक्षिणी भागमा रहेको जाबुल प्रान्तमा चेक जाँच केन्द्रमा भएको आक्रमणमा ती सुरक्षाकर्मीहरु मारिएका हुन् भने घटनामा थुप्रै सुरक्षाकर्मी घाइते भएको जनाइएको छ । (एजेन्सी)