५ असार २०८२, बिहिबार | Thu Jun 19 2025


२७२ स्थानको परिणाम सार्वजनिक, एमाले ११७, कांग्रेस १०२ र माओवादी ४६ मा विजयी


0
Shares

मतगणनाको अन्तिमतिर आइपुग्दा पहिलो चरणको स्थानीय तह निर्वाचनमा एमालेले सबैभन्दा बढी स्थानमा जित्ने स्पस्ट भएको छ ।

अहिलेसम्म घोषित २७२ स्थानको मतपरिणामअनुसार नेकपा एमालेले ११७ स्थानीय तहको प्रमुखमा जित हासिल गरेको छ ।

यसैगरी, नेपाली कांग्रेसले १०२ स्थान प्रमुखमा जित दर्ता गर्दा माओवादी केन्द्र ४६ स्थानमा विजयी भएको छ ।

नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नयाँ शक्ति पार्टी नेपालले एक/एक स्थानमा जित हासिल गरेका छन् ।

त्यसैगरी, तीनओटा स्थानीय तहको प्रमुखमा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

परिणामअनुसार नेकपा एमालेले नगरपालिकाको प्रमुखमा ४४ स्थान र गाउँपालिकाको प्रमुखमा ७३ स्थान जितेको छ ।

नेपाली कांग्रेसले नगरपालिकाको प्रमुखमा २८ स्थान र गाउँपालिकाको ७४ स्थान जितेको छ ।

माओवादी केन्द्रले नगरपालिकाको प्रमुखमा ९ स्थान र गाउँपालिकाको ३७ स्थान जितेको छ ।