मध्यपुरथिमिको प्रमुखमा एमालेका श्रेष्ठ, उपप्रमुखमा कांग्रेसका मधिकर्मी विजयी

सोमबार सार्वजनिक भएको मतपरिणामअनुसार श्रेष्ठले १३ हजार ९६० मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका अष्ट कवेले १० हजार ८४६ मत प्राप्त गरेका छन् ।
त्यसैगरी, उपप्रमुखमा मधिकर्मीले १० हजार ६७८ मत प्राप्त गरी विजयी भएकी छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेमकिपाका केदार खड्काले सात हजार ७६२ मत प्राप्त गरेका छन् ।
यसैगरी, मध्यपुरथिमि नगरपालिका वडा नम्बर–९ को वडाध्यक्षमा का)ग्रेसका रामकाजी चक्रधरले ६५० मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेमकिपाका राजु कैतीले ५९४ मत प्राप्त गरेका छन् ।
त्यसैगरी, महिला सदस्यमा कांग्रेसकी मीरा खड्काले ६९२, दलित महिला सदस्य एमालेकी सुन्तली विश्वकर्माले ६९५, सदस्यहरु कांग्रेसका गोकुल खड्का ७२७ मत र कांग्रेसकै चन्द्रप्रसाद धौवञ्जारले ८२७ मत प्राप्त गरी विजयी भएका छन् । रासस