
उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजेन्द्र चौधरीलाई ९८४ मतले पछि पार्दै लालमणि विजयी भएका हुन् । लालमणिले १० हजार ७१७ मत प्राप्त गरेका छन् भने राजेन्द्र चौधरीले ९ हजार ७३३ मत प्राप्त गरेका छन् ।
यस्तै, उपप्रमुखमा पनि एमालेकै सुनिता थपलिया खरेल विजयी भइन् थपलियाले १० हजार ४५१ मत प्राप्त गरिन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी उम्मेदवार सुशीलादेवी उप्रेतीले ९ हजार ८८८ मत प्राप्त गरेकी छन् ।
नेकपा माओवादी केन्द्रका प्रमुख पदका उम्मेदवार एकराज डल्लाकोटीले तीन हजार १४७ मत प्राप्त गरे भने उपप्रमुख उम्मेदवारमा रेवती सेढाइँले दुई हजार ९२० मत प्राप्त गरेकी छन् ।
खैरहनीको १३ वडामध्ये एमालेले सातओटा वडामा अध्यक्ष जितेको छ भने नेपाली कांग्रेसले ६ ओटा वडामा जित हासिल गरेको सहायक निर्वाचन अधिकारी एवं सूचना अधिकारी दिवाकर पौडेलले जानकारी दिए ।
उनकाअनुसार वडा नम्बर–१, ६, ७, ८, ९, १०, ११ वडामा एमालेका उम्मेदवार विजयी भएका छन् भने वडा नम्बर–२, ३, ४, १२ र १३ वडामा कांग्रेसले वडाध्यक्षमा जितेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्