काठमाडौं, माघ २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विकासको तीव्रगतिमा अगाडि बढेको दाबी गरेका छन् ।
नेपाल व्यवस्थापन संघको मंगलबार राजधानीमा आयोजित वार्षिकोत्सव कार्यक्रममा उनले सरकार मुलुकको दीगो आर्थिक विकासमा केन्द्रित भएको दाबी गरेका हुन् ।
सरकार भ्रष्टाचार नियन्त्रणमा प्रतिबद्ध रहेको पनि प्रधानमन्त्री ओलीले दोहोर्याए ।
यसअघि, उद्घाटनसत्रलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको विकासका लागि सडकमा लगानी महत्वपूर्ण रहेको बताएका थिए ।
देशको विकासका लागि पूर्वाधार क्षेत्रमा लगानी बढाउनुपर्ने भन्दै उनले सडकलाई प्राथमिकता दिनुपर्ने बताए ।
उनले व्यापार लागत कम गर्न पूर्वाधार बनाइनुपर्ने बताए ।
सरकारको कामको आलोचना गर्न पाइने भएपनि आलोचना स्वस्थ हुनुपर्ने उनको भनाइ थियो ।
यस वर्षको ‘म्यानेजर अफ दी इयर’ सम्मानबाट सुमन पोख्रेल सम्मानित भएका छन् ।









प्रतिक्रिया दिनुहोस्