३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


अफगान सुरक्षाबलले २४ घण्टाभित्र ७१ आतंककारी मारिदिए


0
Shares

फाइल फोटो

अफगान राष्ट्रिय प्रतिरक्षा र सुरक्षाबलको संयुक्त प्रयासमा आतंककारी विरुद्ध जारी १२ वटा कारबाहीको क्रममा गत २४ घन्टाभित्र ७१ आतंककारी मारिएका प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

अफगानिस्तानको नान्र्गाहार, हेलमान्ड, लाघमान, फराह, कन्दुज, घोर, वार्दाक र जाबुल प्रान्तमा जारी कारबाहीको क्रममा ४० भन्दा बढी आतंककारी घाइते भएका छन् भने अन्य सात जना पक्राउ परेका छन् ।

अफगान गृह मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा कारबाहीको क्रममा सुरक्षा बलतर्फ भने कुनै हताहत भएको जनाकारी दिइएको छैन् ।

अफगानिस्तानमा द्वन्द्वरत तालिवान र इस्लामिक स्टे«ट आतंककारी समूहले भने यस विषयमा कुनै टिप्पणी गरेका छैनन् । रासस/सिन्ह्वा