५ असार २०८२, बिहिबार | Thu Jun 19 2025


कागेश्वरी–मनोहरा नगरपालिका प्रमुख–उपप्रमुखमा एमाले उम्मेदवार विजयी


0
Shares

नगरप्रमुखमा एमालेका कृष्णहरि थापा ८ हजार ९६९ मत ल्याइ विजयी हभएको नगर निर्वाचन अधिकृत प्रकाश कोइरालाले जानकारी दिए ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उपेन्द्र कार्कीले ८ हजार ४८७ मत पाएका छन् । प्रमुखमा नेकपा माओवादी केन्द्रका महेश्वर फुयाँलले दुई हजार ५६७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका शम्भु थापाले ७३९ मत पाएका छन् ।

उपप्रमुखमा एमालेकी विन्दु सिंखडा ९ हजार १८२ मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी अनिता अधिकारीले ८ हजार २९६ मत ल्याइन् भने माओवादी केन्द्रकी रुकु रणपालले दुई हजार १९२ र राप्रपाकी कुस्मा नगरकोटीले ९२५ मत पाइन् ।

त्यस्तै, वडा नम्बर–१, ३, ५, ६, ८ र ९ मा एमाले एवं वडा नम्बर–२, ४ र ७ मा कांग्रेस विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ । रासस