
यसदिन पनि बजार परिसूचक नेप्से १० अंक बढीले झरेर १६ सय १६ मा आएर थामियो । कारोबार भएकामध्ये बढीजसो समूह ऋणात्मक रहेसँगै नेप्से ओरालो लागेको हो ।
बिमा, वाणिज्य बैंक, जलविद्युत् र विकास बैंक समूह ओरालो लागे । बिमा समूहमा सबैभन्दा उच्च ६५ अंकको गिरावट आयो । वाणिज्य बैंक र जलविद्युत् समूह पनि दोहोरो अंकले झरे ।
उत्पादनमूलक, होटल र वित्त समूह भने सकारात्मक रहे । उत्पादनमूलक र होटल समूहमा दोहोरो अंकको सुधार आएपनि वित्त समूह भने नगन्य अंकलेमात्र धनात्मक रहेको हो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४५ कम्पनीको ९ लाख ८५ हजार कित्ता सेयर जम्मा ५३ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्