१७ फाल्गुन २०८०, बिहिबार | Thu Feb 29 2024


भक्तपुरको कमल पोखरी सार्वजनिक हो: अदालत


0
Shares

-केके मानन्धर/ईमेज:

भक्तपुर, असार २० । भक्तपुर जिल्ला अदालतले मध्यपुर थिमि नगरपालिका अन्तर्गत साविक वडा नं. ८ बोडे क्षेत्रको कमलपोखरी “पलेस्वाँ पुखू” सार्वजनिक भएको फैसला सुनाएको छ ।

न्यायाधीश मातृकाप्रसाद मरासिनीको इजलासले असार १९ गते मंगलबार साँझ ६ बजे ऐतिहासिक पोखरीलाई सार्वजनिक भोगचलन गर्न पाउने गरी फैसला सुनाएको हो ।

बोडे नगरसँगै जोडिएको सो पोखरीलाई कान्छी पोडेको नाउँमा पास गरेसँगै सो विषय विवादित बन्दै आएको थियो ।

सार्वजनिक पोखरीलाई व्यक्तिको नाउँमा पास गरेसँगै स्थानिय बासिन्दाले विरोध गरेको हो । सोही क्रममा विरोध र्‍याली तथा धर्ना कार्यक्रम समेत भयोे ।

व्यक्तिको नाउँमा पास गरिएको पोखरीलाई सार्वजनिक बनाउन स्थानिय बासिन्दाले “कमलपोखरी संरक्षण अभियान”को रुपमा संघर्ष अगाडी बढाएको थियो ।

अदालतले बोडेको कमल पाखेरीलाई सार्वजनिक भएको फैसला सुनाएसँगै स्थानीय बासिन्दा उत्साहित भएका छन् ।

१५ रोपनी ९ आना क्षेत्रफलमा फैलिएको सो पोखरीको विषयमा २०३२ साल देखि विवाद थियो ।