सुनसरी, माघ २९ । आयोजक धरान फुटबल क्लब बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार धरान रंगशालामा भएको क्वार्टरफाइनल खेलमा भारत, कोलकाताको दलहाउजी एथ्लेटिक क्लबमाथि २–० को सहज जित निकाल्दै धरान अन्तिम चारमा पुगेको हो ।
धरानलाई जिताउन मिलन राईले खेलको नवौं तथा वर्तमान राईले २३औं मिनेटमा एक/एक गोल गरे ।
खेलको ‘म्यान अफ दी म्याच’ घोषित हुँदै धरानका वर्तमानले १५ हजार रुपैयाँ पुरस्कार पाए ।
प्रतियोगिताअन्तर्गत् बुधबारको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले क्यामरुनको दाउफिन्स टिमसँग खेल्नेछ ।








प्रतिक्रिया दिनुहोस्