
वडा नम्बर–१६ का वडाध्यक्षमा विजयी एमालेका जीवनप्रसाद आचार्यले तीन हजार १३३ र उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पद्मसिंह गुरुङले दुई हजार ८६८ मत पाएका छन् ।
त्यस्तै, महिला सदस्यमा गोमादेवी गौतम र दलित महिला सदस्यमा विष्णु नेपाली तथा खुला सदस्यमा मेहरमान थापा र राजेश गुरुङ निर्वाचित भएका छन् ।
पछिल्लो मतपरिणामानुसार महानगरपालिका प्रमुखमा एमालेका मानबहादुर जिसीले २८ हजार ८६६ र कांग्रेसका रामजी कुँवरले २४ हजार ६६५ मत पाएका छन् ।
त्यस्तै, उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङले २७ हजार २३८ र कांग्रेसकी सरस्वती गुरुङले २३ हजार २२० प्राप्त गरेका छन् । अब १२ ओटा वडाको मतगणना जारी छ । रासस
प्रतिक्रिया दिनुहोस्