
पटक–पटक बैठकको समय सारेपनि दलहरुबीच सहमति नबन्दा बैठक हुन नसकेको हो ।
यसैबीच, अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच संसद भवन नयाँबानेश्वरमै संसद बैठक चलाउने विषयमा छलफल भइरहेको छ ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले बैठकलाई सम्बोधन गर्ने जनाइएको छ । संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आजै पदबाट राजीनामा दिने तयारी पनि गरेका छन् ।
यसअघि आजै बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री दाहालले संसदमा सम्बोधन गरेर राजीनामा दिन लागेको जानकारी मन्त्रीहरुलाई गराएका थिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा आफू नेतृत्व मन्त्रिपरिषदको बैठक राख्दै प्रधानमन्त्री दाहालले यससम्बन्धी जानकारी मन्त्रीहरुलाई दिएका हुन् । त्यसक्रममा उनले मन्त्रीहरुसँग सामूहिक तस्वीर पनि खिचाएका थिए ।
दाहाल १० महिनाअघि प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । कांग्रेस–माओवादी गठबन्धनबाट प्रधानमन्त्री बन्दा नै दुई पार्टीबीच स्थानीय निर्वाचन गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने ‘भद्र सहमति’ भएको थियो । सोही सहमति पालना गर्दै दाहालले देउवालाई सत्ता हस्तान्तरण गर्न लागेका हुन् ।
प्रतिक्रिया दिनुहोस्