१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


चाँगुनारायणमा स्थानीय आक्रोशित, मतगणनास्थल बाहिर प्रदर्शन


0
Shares

दलहरुबीच सहमति नहुँदा गत शुक्रबारदेखि रोकिएको मतगणना अझै थालिएको छैन ।

मतगणना थाल्न सहमति जुटाउने भन्दै मंगलबार बसेको बैठकमा पनि दलहरु कुनै निचोडमा नपुग्दा अन्योल भएको हो ।

नेपाली कांग्रेसले ३ र ४ नम्बर वडाको मतगणना फेरि गर्नुपर्ने माग राखेको छ । तर, नेकपा एमालेले भने कांग्रेसले जितिसकेको वडा नम्बर–१ देखि ४ सम्मकै गणना गर्नुपर्ने माग राखेपछि विवाद भएको हो ।

कांग्रेस, नेमकिपा, राप्रपा, नयाँ शक्ति, माओवादी केन्द्रले मतगणनामा रहेका कर्मचारी एमालेसमर्थित भएकाले मतगणनामा एमालेको मत बढी आएको आरोप लगाएका छन् ।

९ ओटा वडा रहेको नगरपालिकामा १ देखि ४ नम्बर वडासम्मको मतगणना सकिएको छ ।