
भैरहवा, माघ २९ । भैरहवास्थित बाल सुधारगृहबाट ६ जना फरार भएका छन् ।
सोमबार राति आँगनमा रहेको गेट र भित्तामा लगाइएको काँडेतारको प्वालबाट भागेर बालकहरु फरार भएका हुन् ।
फरार हुनेमा चारजना चोरी र दुईजना जबर्जस्ती करणी मुद्दामा संलग्न रहेकाहरु रहेको बाल सुधारगृहले जनाएको छ ।
सुधारगृहकी प्रमुख सुभद्रा गौतमकाअनुसार उनीहरुले आफू सुत्ने कोठाको झ्याल फोडेर भान्सा कोठा हुँदै काँडेतारले घेरिएको गेट र सुरक्षामा रहेका प्रहरीको आँखा छलेर फरार भएका हुन् ।
फरार हुनेमा रुपन्देहीका १६ वर्षीय जीवन खत्री, प्यूठानका १६ वर्षीय सुरेश घर्ती, पाल्पाका १७ वर्षीय सन्दीप रणपाल, स्याङ्जाका १७ वर्षीय अनिश थापा, उदयपुरका १७ वर्षीय सिद्धार्थजंग लामा र बुटवल उपमहानगरपालिकाका १५ वर्षीय राजेश सुनार रहेको बाल सुधारगृह जनाएको छ ।
उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्