नेपालको मध्यमस्थरको आर्थिक वृद्धिलाई उकास्न विश्व बैंकद्वारा व्यापक सुधारमा जोड « Image Khabar


नेपालको मध्यमस्थरको आर्थिक वृद्धिलाई उकास्न विश्व बैंकद्वारा व्यापक सुधारमा जोड


Imagekhabar
९ जेष्ठ २०७४, मंगलवार २०:३४

बैंकले मंगलबार सार्वजनिक गरेको नेपालसम्बन्धी प्रतिवेदनमा उक्त जोड दिइएको हो ।

विगतका ४५ वर्षमा नेपालको आर्थिक वृद्धिदर औषतमा ४ प्रतिशतमा सीमित भएको भन्दै लगानीमैत्री ऐन–कानुनको अभावका कारण नेपालले मध्यमस्तरकोमात्र वृद्धि हासिल गरेको विश्व बैंकको प्रतिवेदनले औंल्याएको छ ।

विश्व बैंक र नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले मंगलबार राजधानीमा कार्यक्रम गरी सार्वजनिक गरिएको प्रतिवेदनमा कमजोर ऐन–कानुनका कारण यहाँ सर्वसाधारको लगानीसमेत बढ्न नसकेको जनाइएको छ ।

कृषि क्षेत्रको उत्पादनमा पनि हुनुपर्ने जति वृद्धि हुन नसक्नु, उत्पादनमूलक क्षेत्रको अवस्थामा सुधार आउन नसक्नुजस्ता कारणले नै नेपालको आर्थिक वृद्धिदर मध्यमरुपमामात्र वृद्धि भएको देखिएको पनि प्रतिवेदनमा जनाइएको छ ।

तर, नेपालले मध्यमखालको आर्थिक वृद्धि गरे पनि गरिबी न्यूनीकरणमा भने उल्लेख्य प्रगति गरेको पनि विश्व बैंकले जनाएको छ ।

अरु उच्च आर्थिक वृद्धि गर्ने मुलुकहरुले पनि गरिबी घटाउन भने खासै प्रगति गर्न नसकेको विश्व बैंकको टिप्पणी छ ।

नेपालमा जलविद्युत्को क्षेत्रमा उच्च सम्भावना भएपनि यथेस्ट मात्रामा वैदेशिक लगानी भित्र्याउन नसकिएको भन्दै यस क्षेत्रमा विद्यमान प्रक्रियागत जटिलता हटाएर लगानी बढाउनसके आर्थिक स्थितिमा उल्लेख्य सुधार आउने विश्व बैंकको प्रतिवेदनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्