५ असार २०८२, बिहिबार | Thu Jun 19 2025


पहिलो चरणको स्थानीय तह निर्वाचनमा एमाले पहिलो स्थानमा


0
Shares

मतगणनाको प्रारम्भमा देखिएको कांग्रेस र एमालेबीचको प्रतिस्पर्धामा मतगणनाको अन्तिमतिर आइपुग्दा पहिलो चरणको स्थानीय तह निर्वाचनमा एमालेले सबैभन्दा बढी स्थानमा जित्ने स्पस्ट भएको हो ।

अहिलेसम्म घोषित २७४ स्थानको मतपरिणामअनुसार नेकपा एमालेले ११८ स्थानीय तहको प्रमुखमा जित हासिल गरेको छ ।

यसैगरी, नेपाली कांग्रेसले १०३ स्थानमा जित दर्ता गर्दा माओवादी केन्द्र ४६ स्थानमा प्रमुखमा विजयी भएको छ ।

नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नयाँ शक्ति पार्टी नेपालले एक/एक स्थानमा प्रमुखमा जितेका छन् ।

त्यसैगरी, तीनओटा स्थानीय तहको प्रमुखमा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

परिणामअनुसार नेकपा एमालेले नगरपालिकाको प्रमुखमा ४५ स्थान र गाउँपालिकाको प्रमुखमा ७३ स्थान जितेको छ ।

नेपाली कांग्रेसले नगरपालिकाको प्रमुखमा २८ स्थान र गाउँपालिकाको ७४ स्थान जितेको छ ।

माओवादी केन्द्रले नगरपालिकाको प्रमुखमा ९ स्थान र गाउँपालिकाको ३७ स्थान जितेको छ ।