कैलाली, माघ २९ । धनगढी प्रिमियर लिग (डीपीएल) ट्वेन्टी–२० क्रिकेटमा रुपन्देही च्यालेन्जर्सले लगातार दोस्रो जित हासिल गरेको छ ।
मंगलबार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा भएको खेलमा रुपन्देहीले विराटनगर किंग्सलाई ५ विकेटले हरायो ।
टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित् २० ओभरमा ९ विकेटको क्षतिमा ९३ रनमात्र बनाउन सक्यो ।
राजेश पुलामीमगरले सर्वाधिक १७ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्नेक्रममा रुपन्देहीका पुनित मेहराले ३ तथा कप्तान वसन्त रेग्मी र ललित भण्डारीले समान २/२ विकेट लिए ।
जवाफमा रुपन्देहीले १३ ओभर १ बलमै ५ विकेटको क्षतिमा जित हासिल गर्यो । अलराउन्डर पुनितले २७ बलमा ४६ रन जोडे ।
विराटनगरका अभिनाश यादवले २ विकेट लिए ।
खेलको ‘म्यान अफ दी म्याच’ रुपन्देहीका पुनित मेहरा घोषित भए ।








प्रतिक्रिया दिनुहोस्