वैदेशिक रोजगारीको शिलशिलामा कुवेतमा ज्यान गुमाएकाको परिवारलाई ८७ लाख क्षतिपूर्ति « Image Khabar


वैदेशिक रोजगारीको शिलशिलामा कुवेतमा ज्यान गुमाएकाको परिवारलाई ८७ लाख क्षतिपूर्ति


Imagekhabar
१० जेष्ठ २०७४, बुधबार ०७:३४

रोजगारीको सिलसिलामा २०६८ साल असोज १३ गते ज्यान गुमाएका जन्तेढुङ्गा गाउँपालिका–२ बोपुङका भूमिप्रसाद राईको परिवारलाई रु ८७ लाख ६६ हजार ७९३ क्षतिपूर्ति बापतको रकम उपलब्ध गराइएको हो ।

क्षतिपूर्तिस्वरुप परराष्ट्र मन्त्रालयमार्फत आएको रकम मृतककी श्रीमती बीना राईलाई चेकमार्फत रकम हालै हस्तान्तरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दिनेश कुमालले बताए । ‘कागजपत्र नमिल्दा निक्कै समस्या भएको थियो,’ उनले भने, ‘ढिलै भए पनि मृतकका परिवारलाई सम्बोधन गर्ने काम भएको छ ।’ (रासस)

प्रतिक्रिया दिनुहोस्