
पहिलो किस्तावापतको ५० हजार रुपैयाँका लागि सम्झौता गरिएका १ हजार जनाका लागि कोष तथा लेखा नियन्त्रक कार्यालय मार्फत रकम निकास गरिएको जिल्ला समन्वय समिति धनकुटाले जानकारी दिएको छ ।
अनुदानका लागि संघीय मामला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले उपलब्ध गराएको ९ करोड मध्ये हाल ५ करोड रुपैयाँ निकासी गरिएको समन्वय समितिका सूचना अधिकृत सिताराम गौतमले जानकारी दिए ।
निकासी गरिएको रकम धनकुटाका ३ नगरपालिका र ४ गाउँपालिकामा रहेका राट्रिय बाणिज्य बैंक, कृषि बिकास बैंक, माछापुछ्रे बैंक, जनता बैंक, लक्ष्मी बैंक र काबेली बिकास बैंकका शाखा मार्फत् वितरण गरिने छ ।
सर्भेक्षण गरिएको ४ हजार ४ सय ९२ घरधुरी मध्ये धनकुटामा ३ लाख अनुदान रकम पाउनेको संख्या २ हजार ७ सय ९६ घरधुरी रहेको स्थानीय विकास अधिकारी पर्वप्रसाद सापकोटाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्