२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


पाँचथरमा कांग्रेस उम्मेदवारको टुंगो लाग्यो, नगरपालिका मेयरमा कुरो मिलेन्


0
Shares

फालेलुङ गाउँपालिकाको अध्यक्षमा सञ्चकुमार केरुङ, उपाध्यक्षमा हिमा अधिकारी, फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा अमर नेम्वाङ र उपाध्यक्षमा देवित्रा आङदेम्बेलाई उम्मेदवार बनाइएको छ ।

त्यसैगरी हिलिहाङ गाउँपालिकाको अध्यक्षमा समरबहादुर अधिकारी, उपाध्यक्षमा ताराकुमारी योङहाङ, कुमायक गाउँपालिकाको अध्यक्षमा बमप्रसाद लावती, उपाध्यक्षमा सूर्यकुमारी नेम्वाङ चेम्जोङलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

त्यसैगरी मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा खड्गसुन्दर लावती, उपाध्यक्षमा सुनमाया राई, तुम्बेवा गाउँपालिकाको अध्यक्षमा होमनाथ थापा, उपाध्यक्षमा टेककुमारी कुरुम्बाङलाई र याङबरक गाउँपालिकाको अध्यक्षमा शेरबहादुर नुगोलाई उम्मेदवार बनाउने निर्णय भएको पाँचथर कांग्रेसले जनाएको छ ।

यस्तै फिदिम नगरपालिकाको मेयर र उपमेयरका आकांक्षी धेरै देखिएपछि त्यसको टुंगो लगाउने जिम्मा केन्द्रलाई दिइएको जिल्ला चुनाव प्रचारप्रसार समितिका संयोजक वृजहाङ आङदेम्बेले जानकारी दिए ।