१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


प्रधानमन्त्रीले बोलाएको बैठकमा ओली गएनन्, संसद्को बैठक स्थगित


0
Shares

सभामुख ओनसरी घर्तीले बिहान ११ बजेका लागि बैठक बोलाए पनि १ बजे सूचना टाँसेर भोलि ४ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो ।

दलहरुबीच देखिएका विवाद समाधान गर्न बिहानैदेखि छलफलको प्रयास भएपनि प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरु प्रधानमन्त्रीले बोलाएको बैठकमै नगएपछि आजका लागि बोलाइएको संसद बैठक स्थगित गर्ने निर्णयमा अरु दलहरु पुगेका हुन् ।

संसद्को आजको बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउने बजेटबारे छलफल गर्ने कार्यसूची थियो ।

हिजो पनि संसद्को बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले संसदलाई सम्बोधन गरेर राजिनामा दिने चाहना गर्नुभएको भएपनि एमालेले संसद चल्न नदिएपछि त्यो संभव नभएको हो ।