एउटा माउ बाख्राबाट चार लाख आम्दानी ! « Image Khabar


एउटा माउ बाख्राबाट चार लाख आम्दानी !


Imagekhabar
१० जेष्ठ २०७४, बुधबार १३:४६

बरेङ गाउँपालिका–७ बाराकोटका पदमजंग श्रीसले २०६३ सालमा किनेको एउटा माउ बाख्राबाट दर्जनांै पाठापाठी हुर्काएर व्यवसायिक बाख्रापालन गरेका हुन् ।

सौखका लागि पाल्न किनेको एउटा बाख्राका पाठापाठी संरक्षण गर्दै जाँदा बाख्रा पालनमा रुचि बढेको श्रीसको भनाइ छ ।

एउटा माउ बाख्राबाट अहिलेसम्म ३८ वटा बाख्रा हुर्काएको र करिव ४ लाख आम्दानी भएको उनले बताए ।

घाँसपात प्रशस्त पाईने भएकाले बाख्रा पालनबाट मनग्य आम्दानी गर्न सकिने उनको भनाइ छ । श्रीससँग अहिले ७० वटा खरी जातका बाख्रा छन् ।

प्रतिक्रिया दिनुहोस्