
सरकारले थपेको स्थानीय तहको संख्या फिर्ता लिनुपर्ने माग गर्दै एमालेले संसद चल्न नदिएको हो ।
मंगलबारैदेखि संसद चल्न दिन प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले आग्रह गरे पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यसलाई अस्वीकार गरेका हुन् ।
मंगलबार दिनभरको प्रयास सार्थक नभएपछि बुधबार बिहान ११ बजेका लागि संसद बैठक बोलाइएको थियो । तर, एमालेले आजपनि अडान यथावत राखेपछि बिहीबार ४ बजे नीति तथा कार्यक्रम पेस गर्ने भन्दै बैठक स्थगित गरिएको हो । नीति तथा कार्यक्रम पेस गर्न भने दिने रणनीतिमा एमाले छ ।
संसद चल्न दिए प्रधानमन्त्री दाहाल संसदमै सम्बोधन गरेर पद छोड्ने तयारीमा थिए । तर, संसद चल्न नसकेपछि राष्ट्रका नाममा सम्बोधन गरेर पद छोड्ने तयारीमा दाहाल छन् ।
संसदबाट बाहिरनेक्रममा दुबै पक्षका नेताहरुले आ–आफ्नो अडान कायम नै राखेको प्रतिक्रिया दिए ।
यता, संसद सचिवालयले भने नीति तथा कार्यक्रम तयारीका लागि संसद भवनलाई सुसज्जित बनाएको छ ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्