५ असार २०८२, बिहिबार | Fri Jun 20 2025


हेटौंडाको प्रमुखमा एमालेका महत, उपप्रमुखमा पनि एमालेकै लामा निर्वाचित


0
Shares

नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट उम्मेदवार भएका कांग्रेसका आनन्दराम पराजुलीलाई ६१५ मतले हराउँदै महत प्रमुखमा निर्वाचित भएका हुन् ।

बुधबार सम्पन्न मतगणनाअनुसार महतले २३ हजार १२४ र पराजुलीले २२ हजार ५०९ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा पनि एमालेकै मीना लामा निर्वाचित भएकी छन् । लामाले २३ हजार ४३७ मत प्राप्त गरिन् भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका बलराम बलले १७ हजार ११ मत प्राप्त गरे ।

हेटौंडा उपमहानगरमा एमालेले १२ ओटा वडा जितेको छ भने कांग्रेसले ५ र माओवादी केन्द्रले २ ओटा वडा जितेका छन् ।