
काठमाडौं, असार २० । उत्तरी थाइल्याण्डको गुफामा फसेका १२ किशोर र उनीहरूका फुटबल प्रशिक्षकको उद्धारमा कुनै जोखिम नमोलिने अधिकारीहरुले प्रष्ट गरेका छन् ।
उत्तरी थाइल्याण्डको बाढीग्रस्त गुफामा फसेका स्कूले केटा र तिनका फुटबल प्रशिक्षकले १० दिनपछि पहिलो पटक खानेकुरा र औषधि पाएका छन् ।
चियाङ राइको गुफाभित्र फसेका उनीहरुलाई खाना र औषधि पु¥याउन एक डाक्टर र एक नर्ससहित सातजना गोताखोर गुफामा पुगेका छन् ।
उनीहरुलाई चिकित्सकको निगरानीमा पचाउन सजिलो हुने खानेकुरा, भिटामिन र खनिज दिइएको जनाइएको छ । नयाँ भिडियोमा उनीहरुको स्वास्थ्य राम्रो रहेको देखिएको जनाइएको छ ।
हराएको नवौं दिनमा जीवितै फेला पारिएका उनीहरुलाई बाहिर निकाल्न शून्य जोखिमको रणनीति लिइने अधिकारीहरुले जनाएका हुन् ।
त्यस क्षेत्रमा थप वर्षा भएमा पानीको भेल बढेर गुफाको हावा भरिएको भागमा जोखिम बढ्ने हो कि भन्ने त्रास पनि बढेको छ ।
फसेका किशोरहरुलाई आफन्तजनसँग कुराकानी गर्न सहज बनाउन गुफाभित्र टेलिफोन जडान गरिएको बताइएको छ ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्