Logo १८ चैत्र २०८२, बुधबार | Thu Apr 2 2026


स्पेनिस ला लिगामा लेभान्ते पराजित


0
Shares

काठमाडौं, माघ २९ । स्पेनिस ला लिगा फुटबलमा गएराति भएको खेलमा डिपोर्टिभो अलाभेष विजयी भएको छ । लेभान्तेलाई २–० ले हराउँदै अलाभेष अंक तालिकाको छैठौं स्थानमा उक्लिएको हो ।

अलाभेषको जितमा भिक्टर लाग्वार्डिया र जोनी रोडग्रिवेजले गोल गरे । २३ खेलबाट ३५ अंक जोडेको अलाभेषले रियल बेटिसलाई पछि पारेको छ ।

चौथो स्थानको गेटाफेसँग समान अंक भए पनि अलाभेष गोलअन्तरका आधारमा पछि पर्दै छैठौं स्थानमा छ ।