
आज सांझसम्म झण्डै ९० प्रतिशत मतगणना भईसकेको छ । ९० प्रतिशत मतगणना हुँदा पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा नेकपा एमालेका मानबहादुर जिसीको जित निश्चित देखिएको छ ।
३३ मध्ये २९ वटा वडाको मत परिणाम आउँदा जिसी कांग्रेसका उम्मेद्वार रामजी कुँवर भन्दा ११ हजार ९ सय २ मतले अघि रहेका छन् ।
अब वडा नम्बर ३०, ३१, ३२ र ३३ को मत परिणाम आउन बाँकी छ । गणना गर्न बाँकी ५ वटा वडामा कुल १८ हजार ७ सय २७ मत छ ।
कुँवरले जित्ने हो भने अब गणना गर्न बाँकी १८ हजार ७ सय २७ मत मध्ये १५ हजार ३ सय १५ अर्थात झण्डै ८२ प्रतिशत मत ल्याउनुपर्ने हुन्छ । मत परिणामा भोलि सांझसम्म आउन सक्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्