माध्यमिक तहको शिक्षा निःशुल्क, हरेक प्रान्तमा विश्वविद्यालय(भिडियो) « Image Khabar


माध्यमिक तहको शिक्षा निःशुल्क, हरेक प्रान्तमा विश्वविद्यालय(भिडियो)


Imagekhabar
११ जेष्ठ २०७४, बिहीबार १९:२५

-प्रज्ञा तिमल्सिना/ईमेज

सरकारको आर्थिक वर्ष २०७४/०७५ को नीति तथा कार्यक्रममा पछिल्ला बर्ष भन्दा खासै फरक कार्यक्रमहरु समावेश गरिएको छैन ।

पछिल्ला बर्षमा जस्तै यस बर्ष पनि शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखिएको त छ, तर नयाँ थप कार्यक्रम भने खासै केही राखिएका छैनन् ।

आर्थिक बर्ष २०७४/०७५ का लागि सरकारले बनाएको नीति तथा कार्यक्रमलाई सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई सरकारले प्राथमिकता दिने उल्लेख गरेकी छन् ।

नीति तथा कार्यक्रममा शिक्षा स्वास्थ्य क्षेत्रको स्वामित्व स्थानीय तहमा रहने जनाउँदै आधारभूत तहको शिक्षा अनिवार्य र निःशुल्क हुने एवं माध्यामिक तहको शिक्षालाई पनि अनिवार्य र निःशुल्क बनाउने गरी अघि बढ्ने, माध्यामिक तहसम्मको शिक्षा सञ्चालनको जिम्मेवारी स्थानीय सरकारलाई हस्तान्तरण गर्ने निति तथा कार्यक्रममा छ ।

गुणस्तरिय शिक्षामा सबैको पहुँच पुर्‍याउन सामुदायिक विद्यालयहरुलाई नमूना विद्यालय बनाउने, प्राविधिक तथा सिपयुक्त शिक्षालाई विस्तार गर्ने पनि उल्लेख गरिएको छ ।

उच्च शिक्षालाई सर्वसुलभ बनाउन प्रदेशगत रुपमा विश्वविद्यालय बनाउने साथै खुल्ला विश्वविद्यालय सन्चालनलाई निरन्तरता दिने कार्यक्रममा उल्लेख छ ।

यस्तै गुणस्तरिय स्वास्थ्य सेवामा सबैको पहुचँ पुर्‍याउने एवं आधारभुत स्वास्थ्य सेवालाई स्थानीयतहमा हस्तान्तरण गरिने कार्यक्रम अघि सारिएको छ ।

भुकम्पका कारण क्षति पुगेका विद्यालय र स्वास्थ्य चौकीको पुनर्निर्माणलाई प्राथमिकतामा राख्ने, स्वच्छ खानेपानीमा सबै नागरिकाको पहुँच पुर्‍याउने पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ । स्वास्थ्य क्षेत्रमा लगानी बढाउने पनि जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्