२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


एनसिएम मर्चेण्ट बैंकिङ अब सनराइज क्यापिटल


0
Shares

सनराईज बैंकले प्राप्तिपछि कम्पनीको नाम सनराइज क्यापिटल लिमिटेड भएको छ । कम्पनीको हालै सम्पन्न सञ्चालक समिति वैठकले नाम परिवर्तन गर्ने निर्णय गरेको थियो ।

कम्पनीले हाल मर्चेन्ट बैंकिङ्ग कार्य अन्तर्गत शेयर निष्काशन तथा बिक्री प्रबन्धन, शेयर रजिष्ट्रार तथा शेयर प्रत्याभुति लगायतका मात्र कार्य गर्दै आएको थियो ।

अब निकट भबिष्यमा पोर्टफोलियो ब्यवस्थापन गर्ने तथा सामुहिक लगानी कोष संचालन गर्ने उद्देश्यले कम्पनीको पूँजी संरचनालाई संशोधन समेत गरिएको छ ।

कम्पनीको जारी पूँजी २० करोड र चुक्ता पूँजी १० करोड कायम गरिएको छ । कम्पनीको अध्यक्ष सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहेका छन् ।