श्रीमानसँगको विवादपछि आत्मदाहको प्रयास, जलेर घाइते अवस्थामा महिलाको उद्धार

दिउँसो १२ बजेतिर शम्भुनाथ–१ खोक्सर बस्ने ईन्द्रदेव यादवकी श्रीमती ३५ बर्षीया रमादेवी यादवले श्रीमानसँग सामान्य विवाद पश्चात आफ्नो शरीरमा मट्टीतेल छर्किएर आगो लगाएकी हुन् ।
जलेर घाइते अवस्थामा उद्धार गरिएकी उनलाई उपचारका लागि सगरमाथा अञ्चल अस्पताल राजविराज लगिएकोमा त्यहाँ उपचार हुन नसकेपपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको इलाका प्रहरी कार्यालय रुपनीले जानएको छ ।