
विभागले मानव विकास सूचकांकमा पछाडि परेका रौतहट, बझाङ र अछामका पाँच वर्षमुनिका ९० हजार बालबालिकालाई उक्त रकम वितरण गरेको हो ।
विभागका महानिर्देशक अनिलकुमार ठाकुरका अनुसार आयआर्जन नभएका खान नपुग्ने परिवारका बालबालिकाको अवस्था हेरेर सो रकम बाँडिएको बताए । मासिक रु ४ सयका दरले रुकुममा ६३ हजार ५४, अछाममा– ६ हजार ४५८ र बझाङमा १३ हजार ८२१ बालबालिकालाई रकम वितरण गरिएको हो ।
यसअघि विभागले कर्णाली अञ्चलका पाँच वर्षमुनिका सम्पूर्ण बालबालिकालाई उक्त रकम प्रदान गर्दै आएको थियो ।
विभागले आगामी वर्ष महोत्तरी, कैलाली, डोटी, रसुवा, बाजुरा र जाजरकोटका बालबालिकालाई रकम वितरण गर्न रु एक अर्ब २५ करोड बजेट मन्त्रालयसँग माग गरेको छ । रासस
प्रतिक्रिया दिनुहोस्