कांग्रेसले दोस्रो चरणको निर्वाचनमा जित सुनिश्चित गर्ने गरी रणनीति तय गर्ने

शुक्रबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकले दोस्रो चरणको निर्वाचनमा जित सुनिश्चित गर्ने गरी रणनीति तय गरिने जनाएको हो ।
प्रचार–प्रसारलाई तीव्रता दिन र पार्टीका काम प्रभावकारीरुपमा कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय पनि गरेको छ ।
बैठकपछि कांग्रेस नेता अर्जुननरसिंह केसीले दोस्रो चरणको स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बन्नेहरुको नाम आजै टुंग्याइने जानकारी दिए ।