
निर्वाचनमा जितपछि मतदातालाई घरदैलोमै धन्यवाद दिन जानेक्रममा शुक्रबार बिहान उनी मोटरसाइकल दुर्घटना परी घाइते भएको गाउँपालिकाका उपाध्यक्ष राधा तिमिल्सिनाले जानकारी दिइन् ।
गजुरी गाउँपालिकाको झोलुंगेपुल पार गरिसकेपछि मोटरसाइकल चिप्लिँदा चालक विश पौडेलसहित उनी घाइते भएको उपाध्यक्ष तिमिल्सिनाले बताइन् ।
अध्यक्ष श्रेष्ठलाई घटनास्थलबाट नेपाली सेनाको ६ नम्बर वाहिनीअड्डा वैरेनीमा प्राथमिक उपचारपश्चात् ग्रान्डी अस्पतालको हेलिकोप्टरबाट थप उपचारका लागि काठमाडौं पठाइएको नेकपा एमालेका जिल्ला कमिटी सदस्य नरेश खतिवडाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्