२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


एमालेको अवरोधका कारण संसद बैठक चल्न सकेन


0
Shares

                                                                                  फाइल फोटो
दिउँसो १ बजेका लागि बोलाइएको बैठक एमालेकै कारण चल्न नसक्दा शुक्रबारै अपराह्न ४ बजे बस्नेगरी स्थगित गरिएको छ ।

आज सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यसूची भएपनि एमालेले बैठक गर्न नदिएको हो ।

बिहीबार संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम पेस गरेकी थिइन् ।

तर, त्यसलगत्तै बसेको अर्को बैठकमा नीति तथा कार्यक्रम पेस गरेकामा राष्ट्रपतिलाई धन्यवाद दिने कार्यक्रम भएपनि एमालेले बैठक अवरोध गरेको थियो । जसको कारण संसदले दिने धन्यवाद प्रस्तावसमेत पेस हुन सकेन ।

एमालेले प्रधानन्याययाधीशविरुद्धको अविश्वास प्रस्ताव, सरकारले थपेको स्थानीय तहको संख्यालगायतका विषयमा सहमति नबन्दासम्म संसद चल्न नदिने बताइरहेको छ ।