
तीन वर्षअगाडि पहिलो संस्करण आयोजना गरेको संघले यसपटक पनि झन्डै साढे ३ सयको हाराहारीमा खेलाडी सहभागी हुने जनाएको छ ।
शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी दिइएको जानकारीअनुसार प्रतियोगितामा पुरुष र महिलाका विभिन्न २८ विधामा खेल हुनेछन् ।
दुईदिने प्रतियोगिता सुरु हुनुभन्दाअगाडि रेफ्रीहरुका लागि ‘रिफ्रेसमेन्ट कोर्स’ सन्चालन गरिने बताइएको छ ।
प्रतियोगितामा नेपाल, भारत, श्रीलंका र बंगलादेशका खेलाडीहरु सहभागी हुने आयोजकको अपेक्षा छ ।
प्रतिक्रिया दिनुहोस्