२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


स्याङ्जाका ११ स्थानीय तहमा विजयोत्सव, नमुना बनाउने प्रतिबद्धता


0
Shares

गाँउगाँउमा विजयी भएका प्रमुख र उपप्रमुखलाई स्वागत गर्न अहिले स्थानीयलाई भ्याइ नभ्याइ भएको छ ।

दुई दशकपछि सम्पन्न स्थानीय तहको निर्वाचनले स्थानीय विकासमा टेवा पुग्ने स्थानीयले अपेक्षा राखेका छन् ।

५ नगरपालिका र ६ गाँउपालिका रहेको स्याङ्जाका ११ ओटा स्थानीय तहलाई नमुना नगरपालिका र गाँउपालिका बनाउने प्रतिबद्धता विजेता प्रतिनिधिहरुले जनाएका छन् ।

वालिङ नगरपालिकाका नवनिर्वाचित प्रमुख दिलीपप्रताप खाँडले जिल्लाकोमात्रै नभएर देशकै अगुवा नगरपालिकाकोरुपमा विकास गर्ने बताए ।

११ स्थानीय तहमध्ये नेकपा एमालेले २ नगरपालिका र ५ गाँउपालिकामा जित हासिल गरेको छ भने नेपाली कांग्रेसले ३ नगरपालिका र १ गाँउपालिकामा जितेको छ ।