
महासंघको विधानत् गठन हुनुपर्ने परिषद, समितिहरुमध्ये हालसम्म वस्तुगत र रोजगारदाता परिषद र १५ ओटा विषयगत समितिहरु गठन भएको महासंघले जनाएको छ ।
नवगठित वस्तुगत परिषदको सभापतिमा उपाध्यक्ष उमेशलाल श्रेष्ठ, रोजगारदाता परिषदको सभापतिमा उपाध्यक्ष चन्द्रप्रसाद ढकाल छन् भने रोजगारदाता परिषदको उपसभापतिमा कार्यकारिणी समितिका सदस्य भरतराज आचार्य मनोनीत भएका छन् ।
वस्तुगत परिषदको उपसभापतिमा उद्यमी सुमित केडिया र लोकनाथ गैरेलाई मनोनीत गरिएको महासंघले जनाएको छ ।
त्यसैगरी, अञ्जन श्रेष्ठको सभापतित्वमा उद्योग समिति, सन्दीपकुमार अग्रवालको सभापतित्वमा व्यापार समिति, निरक केसीको सभापतित्वमा घरेलु तथा साना उद्योग समिति गठन गरिएको महासंघले जनाएको छ ।
त्यस्तै, सुकुन्तलाल हिराचनको सभापतित्वमा ऊर्जा तथा वातावरण समिति, शौरभ ज्योतिको सभापतित्वमा बैंक, वित्तीय तथा बिमा समिति, विनोद ढकालको सभापतित्वमा सूचना तथा सन्चार–प्रविधि विकास समितिलगायत गठन गरिएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्