
तनहुँ काठमाडौँ इन्टेलेक्च्युल डेमोक्रेटिक सोसाइटी(टिकिडस)ले परियारको १३औं पुण्यतिथिका अवसरमा शुक्रबार (आज) यहाँ आयोजित श्रद्धाञ्जलिसभामा सो माग गरिएको हो ।
कार्यक्रममा सांसद रामचन्द्र पोखरेल, नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई र राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्लेलगायतले प्रतिभाशाली कलाकारको हत्या भएकामा निन्दा गर्दै उनलाई ‘निर्वाचन सहिद’ घोषणा गर्न माग गरे ।
गत वैशाख ३१ गतेको स्थानीय तहको पहिलो चरणको निर्वाचनमा मतदान गरेलगत्तै उनको तनहुँको दमौलीमा हत्या गरिएको थियो ।
टिकिडसका सभापति यदुनाथ खनालले परियारका परिवारलाई राहत एवम् बालबच्चाको शिक्षादीक्षा पालनपोषणका लागि सहिद घोषणा गर्नुपर्ने बताए ।
कार्यक्रममा कलाकारको हत्यारालाई कारबाही गर्नसमेत माग गरिएको थियो । सो अवसरमा विभिन्न कलाकारले विविध गीत गाउनुका साथै विभिन्न कला प्रदर्शनसमेत गरेका थिए । रासस
प्रतिक्रिया दिनुहोस्