
पछिल्लो मतगणना अनुसार काठमाडौं महानगरपालिकामा नेकपा एमालेका विद्यासुन्दर शाक्य ६१ हजार ५ सय ६ मतसहित अग्रस्थानमा छन् भने नेपाली कांग्रेसका राजुराज जोशीले ४३ हजार १ सय ९ मत प्राप्त गरी दोस्रो स्थानमा छन् ।
तेस्रो स्थानमा रहेकी विवेकशील नेपाली पार्टीकी रञ्जु दर्शनाले २२ हजार ३४१ मत प्राप्त गरेकी छन् भने साझा पार्टीका किशोर थापाले १७ हजार ८४४ मत प्राप्त गरेका छन् ।
उता, भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवाली ३७ हजार १ सय १८ मतसहित अग्रस्थानमा छिन् ।
उनलाई माओवादी केन्द्रकी रेणु दाहालले ३५ हजार ५१८ मत ल्याएर पछ्याई रहेकी छन् । यता, भक्तपुरको चाँगुनारायण नगरपालिकाको प्रमुखमा एमालेको ३ हजार ७१४ र कांग्रेसको ३ हजार ३६६ मत रहेको छ ।
प्रतिक्रिया दिनुहोस्