२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


आर्मी सेमिफाइनलमा, सुदूरपश्चिम बाहिरियो, जितेन्द्र मुखियाले लिए ६ विकेट


0
Shares

त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा शनिबार सम्पन्न खेलमा सुदूरपश्चिमले प्रस्तुत् गरेको ५१ रनको सामान्य लक्ष्य आर्मीले सातौं ओभरमा मात्र २ विकेट गुमाउँदै पूरा गर्‍यो ।

आर्मीका लागि कप्तान विनोद भण्डारीले नटआउट २१ रन जोड्दा सागर पुन र अनिल मण्डलले १०/१० रन जोडे ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २२ ओभरमा सबै विकेट गुमाएर मात्र ५० रन जोड्न सक्यो ।

सुदूरपश्चिमका लागि बसन्त खत्रीले सर्वाधिक २० रन जोड्दा ५ ब्याट्सम्यान खाता नखोली पेभेलियन फर्किएका थिए ।

सुदूरपश्चिमको इनिङ ध्वस्त पार्नेक्रममा ‘म्यान अफ द म्याच’ घोषित भएका आर्मीका जितेन्द्र मुखियाले १० ओभरमा मात्र २२ रन खर्चिंदै ६ विकेट हात पारे ।

यस्तै, सागर पुनले ६ ओभरमा १० रन खर्चिंदै ३ विकेट लिँदा सुशन भारीले १ विकेट हात पारे ।

यो खेलसँगै समूह ‘ए’बाट सेमिफाइनल प्रवेश गर्ने दुबै टोलीको टुंगो लागेको छ । आफूले खेलेको दुबै खेलमा जित हासिल गरेको नेपाल पुलिस क्लब र आर्मी क्लबले अन्तिम चारणमा स्थान बनाउँदा पूर्वाञ्चल र सुदूरपश्चिमाञ्चल प्रतियोगिताबाट बाहिरिएका छन् ।

प्रतियोगिताअन्तर्गत् आइतबार आर्मी र पुलिस भिड्नेछन् । यो खेलले समूह विजेताको टुंगो लगाउने छ ।