२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


‘सबै समस्या समाधान गर्न एमालेमात्र सक्षम’, राजपा त्यागेर अन्सारी एमालेमा भित्रिए


0
Shares

शनिबार राजधानीमा गरिएको पार्टी प्रवेश कार्यक्रममा उनले एमालेले जनअपेक्षाअनुसार काम गरेकाले निर्वाचनमा पनि पहिलो पार्टी भएको बताए ।

मुलकका समस्या समाधान गर्न सरकार गम्भीर नभएको भन्दै उनले सबै समस्या समाधान गर्न एमालेमात्र सक्षम रहेको दाबी गरे ।

कार्यक्रममा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सबैलाई समेटेर लैजानसक्ने पार्टी एमालेमात्र भएको दाबी गरे । उनले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा जुट्न पनि कार्यकर्तालाई निर्देशन दिए ।

कार्यक्रममा राष्ट्रिय जनता पार्टी नेपालका सहमहामन्त्री समिममियाँ अन्सारीलगायत विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेहरुलाई अध्यक्ष ओलीले स्वागत गरेका थिए ।