
नेपाल प्रेस युनियनले आफ्नो २६औं स्थापना दिवसका अवसरमा शनिबार राजधानीमा गरेको कार्यक्रममा कांग्रेस महामन्त्री कोइरालाले नेपाली कांग्रेसलेमात्र सबै दललाई मिलाएर लैजानसक्ने भएकाले त्यसको नेतृत्व नेपाली कांग्रेसले गरेको बताए ।
दलहरुबीच मिल्नुको विकल्प नभएको भन्दै उनले निर्वाचनका लागि मधेसकेन्द्रित दल पनि तयार हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता रमेश लेखकले दोस्रो चरणको स्थानीय तह निर्वाचन हुनेमा आंशका नगर्न आग्रह गरे ।
तोकिएकै मितिमा निर्वाचन हुने भन्दै उनले निर्वाचनमा सकरात्मक भूमिका खेल्न सन्चारकर्मीहरुसँग आग्रह गरे ।
नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देललगायतका सन्चारकर्मीहरुले भने संविधान कार्यान्वयन र स्थानीय निर्वाचनकाबारेमा आ–आफ्ना धारणा राखेका थिए ।
प्रतिक्रिया दिनुहोस्