१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


राजनीति झन् पेचिलो बन्दै, यस्तो छ नेताहरुको भनाइ (भिडियोसहित)


0
Shares

राजनीतिक गाँठो फुकाउन सत्तारुढ दलका नेताहरु प्रयासरत् रहे पनि सार्थकता भने पाउन सकेको छैन ।

संविधानप्रति असन्तुष्ट राष्ट्रिय जनता पार्टी नेपालले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । यसले राजनीतिक गाँठो झन् कसिलो बनेको छ ।

सर्वोच्च अदालतको निर्णयले स्थानीय तहको संख्या बढाएर मधेसकेन्द्रित दललाई चुनावमा सहभागी गराउने सरकारको प्रयासमा धक्का लागेको छ ।

सरकारले आफ्ना मागहरु सम्बोधन नगरेको भन्दै राष्ट्रिय जनता पार्टी नेपालले स्थानीय तह चुनाव बिथोल्ने गरी आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

सर्वोच्च अदालतको आदेश, राष्ट्रिय जनता पार्टी नेपालले गरेको आन्दोलन घोषणा र संविधान संशोधनमा प्रतिपक्षी दल नेकपा एमालेको असहयोगले राजनीति थप जटिल बनेको हो ।

तर, सरकारको नेतृत्व गरिरहेको दल माओवादी केन्द्र भने सहमतिबाटै राजनीतिक निकास निस्कने विश्वासमा छ ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ मधेसकेन्द्रित दललाई निर्वाचनमा सहभागी गराउन जोड दिने बताउँछन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नु राजनीतिक निकासको एकमात्र विकल्प भएको बताएको छ ।

तर, राष्ट्रिय जनता पार्टी नेपाल भने आफ्नो पूर्ववत् अडानमा कायमै छ । राष्ट्रिय जनता पार्टी अध्यक्षमन्डलका एकजना सदस्य अनिलकुमार झा आफूहरुले राखेका माग सम्वोधन भएमात्रै राजनीतिक जटिलताको गाँठो फुक्ने बताउँछन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।