
राष्ट्रिय मानवअधिकार आयोगको १७औं वार्षिकोत्सव कार्यक्रमलाई शनिबार ललितपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले दोस्रो चरणको निर्वाचन गर्न सरकारले सबै तयारी पूरा गरिसकेको बताए ।
उनले मानवअधिकार सबैका लागि भएकाले निष्पक्ष भएर काम गर्न आयोगलाई सुझाव दिए ।
‘सबैका लागि घरघरमा मानवअधिकार, शान्ति र विकासको आधार’ भन्ने मूल नाराका साथ राष्ट्रिय मानवअधिकार आयोगले यो वर्ष आफ्नो स्थापना दिवस मनाएको हो ।
कार्यक्रममा आयोगले तराई–मधेस क्षेत्रमा रहेर लामो समयदेखि मानवअधिकारका क्षेत्रमा काम गर्दै आएका बलदेव राम र नबदुल खानलाई सम्मानसमेत गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्